Logo

मतदाताले रुचाएनन् गठबन्धन



काठमाडौं, ११ वैशाख । चितवनको सुरुवाती मत परिणामको आधारमा मतदाताले निर्वाचनमा गठबन्धन परम्परा नरुचाएको प्रष्ट हुन्छ । चितवनमा पछिल्लो अपडेट अनुसार सत्ता गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठ तेस्रो स्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले दोब्बर मतले अग्रता लिएका छन् । नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपाने दोस्रो स्थानमा रहेका छन् । लामिछानेले ११५५ मतपाउँदा न्यौपानेले ६६५ मत पाएका छन् । ५८८ मतसहित गठबन्धनका उम्मेदवार तेस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी तनहुँ– १ मा पनि रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । उनी लगभग जितको नजिक नै पुगिसकेका छन् । सत्ता गठबन्धनका उम्मेदवार गोविन्द भट्टराई दोस्रो स्थानमा रहेका छन् । वाग्ले र भट्टराईबीच फराकिलो मतान्तर रहेको छ ।

त्यसैगरी, बारामा पनि सत्ता गठबन्धनका  उम्मेदवार उपेन्द्र यादव दोस्रो स्थानमा छन् । जनमत पार्टीका शिवचन्द्र कुशवाहा पहिलो स्थानमा रहेका छन् भने एमालेका पुरुषोतम पौडेल तेस्रो स्थानमा रहेका छन् ।  File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्