Logo

बारा -२ मा कुशवाहासँग मतान्तर घटाउँदै यादव



काठमाडौं,११ वैशाख । प्रतिनिधि सभा उपनिर्वाचन २०८० अन्तर्गत बारा-२ को पछिल्लो परिणाम अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहासँग आफ्नो मतान्तर घटाउदै लगेका छन् ।

भर्खरै सार्वजनिक परिणाम अनुसार कुशवाहा १ हजार १सय ४६ मतका साथ अघि लाग्दा यादवले १ हजार १ सय १७ मत ल्याएर पछ्याइरहेका छन् भने एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले ५३७ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्