Logo

राजनीतिक संकिर्णताले हामी यो ठाउँमा पुग्यौं– रामकुमारी झाँक्री (भिडियोसहित)



काठमाडौं, ११ वैशाख । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले राजनीतिक संर्किणताका कारण दलहरु अहिलेको स्थानमा पुगेको टिप्पणी गरेकी छन् । काठमाडौंको एक कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले उपलब्धीको चर्चा नगर्ने र जस अरुलाई जालकी भन्ने पछौटेपनका कारण अहिले राम्रो नतिजा आउन नसकेको उनको धारणा थियो ।

‘राजनीतिक परिवर्तनको जस कसले लिने भन्ने सन्दर्भमा एकल जस लिने अथवा अर्कोलाई जस जाला भनेर परिवर्तनका उपलब्धीमाथि चर्चा नगर्ने । राजनीतिक दलहरुको एक प्रकारकाको संकिर्णता, पछौटेपनले हामी यो ठाउँमा पुगेका हौं भन्ने निष्कर्ष निकाल्न पर्छ । ६२/६३ सालपछिका उपलब्धी आज हामीले केही होइन भन्न सक्छौं ?’– उनले प्रश्न गरिन् ।

 



प्रतिक्रिया दिनुहोस्