Logo

पराजय स्वीकार्दै एमाले उम्मेदवार न्यौपानेले भने : निर्वाचन प्रतिस्पर्धा स्वभाविक प्रक्रिया



काठमाडौं,१२ वैशाख । चितवन -२ को उपनिर्वाचनको मतगणना नसकिँदै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले आफ्नो हार स्वीकार गरेका छन् ।

मतगणनामा निक्कै पछि परेका न्यौपानेले आफ्नो हार स्वीकार्दै भनेका छन्, ‘निर्वाचनमा जितहार स्वभाविक प्रक्रिया हो, सहज रुपमा लिएको छु। जस्तोसुकै अप्ठयारो परे पनि जनताको सेवा र चितवनको विकास तथा समृद्धिका लागि लडिरहनेछु।’
आइतवार भएको निर्वाचनमा न्यौपानेले अहिलेसम्म ९ हजार मतपनि कटाउन सकेका छैनन् ।

उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारी मतसहित निर्वाचन जित्ने पक्का भईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्