काठमाडौं,११ वैशाख । चितवन २ का रास्वपा उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् ।
भर्खरै सार्वजनिक मत परिणम अनुसार लामिछानेले ५० हजार २९ मत प्राप्त गरि आफ्नो जित पक्का गरेका छन् ।
लामिछानेलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार जित नारायण श्रेष्ठले ९ हजार १६५ र एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ८ सय ७७ मत प्राप्त गरेका छन् ।
यहाँ लामिछाने र श्रेष्ठबीचको मतान्तर ४० हजार ८ सय ६४ पुगेको छ ।