Logo

सत्तामा बस्नेहरुलाई मानिसहरुले राजनीतिक अपराधी भन्न थाले– मानवअधिकारकर्मी पहाडी



काठमाडौं १२ वैशाख । नागरिक समाजका अगुवा एवं मानव अधिकारकर्मी कृष्ण पहाडीले सत्तामा बस्नेहरुलाई मान्छेले राजनीतिक अपराधी भन्न थालेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले सत्तामा बस्ने र पहिला सत्ताको दोहन गरेकाहरुलाई मानिसहरुले राजनीतिक अपराधीको संज्ञा दिन थालेको उनले बताएका हुन् ।

‘अब त मान्छेले राजनीतिक अपराधी भन्न थाले । सत्तामा बस्ने र हिजो सत्तामा बसेर दोहन गरेकाहरुलाई राजनीतिक अपराधी ठाडै भन्न थाले । अपराध गर्यो भने कारबाही गर्ने कानुन हुन्छ । कानुन कार्यान्वयन गर्ने निकाय हुन्छ । ठीक त्यस्तै, राजनीतिक रुपमा पनि जसले अपराध गर्छन्, आन्तरिक लोकतन्त्रबाट त्यसलाई कारबाही गर्न सक्नुपर्छ । सकेन भने राष्ट्रिय निर्वावच र प्रदेशिक निर्वाचनबनाट किनारा लगाउन पर्छ । त्यो लगाउन सकेनन्, त्यसैले देश विष्पोटको संघारमा छ । युवा पुस्ता आक्रान्त छ,’– उनले भने ।

राजनीतिक अपराधीको कारण आफूहरु नै अभियुक्त बन्नुृ परेको उनको टिप्पणी छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको लगान गाँठो मिल्नुमा द्वन्द्वकालीन घटनालाई छिपाउनु भएको उनको आरोप छ । ‘शेरबहादुरजी र प्रचण्डजीको लगानगाँठो मिलेको बाहिरी सत्तामात्रै होइन, त्यसलाई (द्वन्द्वकालीन मुद्दालाई) ढिसमिस बनाउन हो । प्रचण्डजी आफैं मानवताविरुद्धको अपराधमा तानिनुहुन्छ,’– उनले भने ।

नेपालको लोकतन्त्रलाई बलियो बनाउनका लागि संक्रमणकालीन न्याय टुंगोमा पुग्नु पहिलो शर्त भएको उनको भनाई छ । साथै, संक्रमणकालीन न्याय यहाँबाट टुंगोमा नपुग्ने पनि उनको दाबी छ । ‘पहिला संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने । यो यहाँबाट टुंगो लाग्दैन । मानव अधिकारमैत्री कानुन बनाउ भनेर हामी हिँडिराखेका छौं । मानवअधिकार मैत्री संशोष गरेपनि काम लाग्दैन,’– पहाडीले भने ।

देशमा चरम आर्थिक संकटको अवस्था सिर्जना हुन लागेको बेलामा अयोग्य लडाकुको नाममा प्रचण्डले असी करोड रुपैयाँ बाँडेर बाल सैन्य अपराध स्विकार गरेको उनको दाबी छ । पश्चिमा देशले चाहेको खण्डमा प्रचण्ड जुनसुकै बेलापनि युद्ध अपराधी करार हुनसक्ने उनको दाबी छ । ‘१० वर्षे द्वन्द्वकालमा दुवै तर्फबाट तीन वटा जघन्य अपराध भएको छ । बाल सैन्यको प्रयोग भएको छ । यो अन्तराष्ट्रिय मान्यता अनुसार युद्ध अपराध हो । प्रचण्डले नेपालमा श्रीलङ्का जस्तो आर्थिक संकट आउँछ कि भनेको बेलामा चरम संवेदनहीनताको पराकाष्ट उदाहरण असी करोड बाल सैन्य लगायतका अयोग्य लडाकुलाई बाड्ने काम गर्नु भयो । त्यसले उहाँले बाल सैन्य प्रयोग गरेको पुष्टि भयो । उहाँ कुनै पनि दिन तानिन सक्नु हुन्छ । तानिने कुरा पश्चिमको स्वार्थमा भर पर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot