Logo

बारा–२ मा उपेन्द्र यादवको अग्रता कायमै



काठमाडौं, १२ वैशाख । बारा–२ मा जनता समाजवादीका उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन् । उनले १३ हजार आठ सय चार मत पाएका छन् । उनका प्रतिद्वन्द्वी जनतम पार्टीका शिवचन्द्र कुशवाहाले नौ हजार दुई सय ३१ मत पाएर दोस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी, नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले चार हजार पाँच सय ७७ मत पाएका छन् । बारा–२ मा गत मंसिर ४ गते निर्वाचित रामशहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्