Logo

मन्त्री किराँती भन्छन्– ‘गाईभैंसीको भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ’



काठमाडौं, १२ वैशाख । संस्कृति, पर्यर्टयन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीेले जहाजमा चरा ठोकिएको कुरामा कुनै सत्यता नरहेको बताएका छन् ।
हिजो राति करिब नौ बजे दुवई उडेको फ्लाई दुवईमा आगो लागेको देखिएपछि मानिस अरुले विभिन्न अनुमान गरेका थिए । साथै, धावनमार्गमा चरा भेटिएको बताईएपछि प्रायः सबैले जहाजमा चरा ठोकिएको अनुमान गरेका थिए । तर, मन्त्री किराँतीले चरा ठोकिएको पुष्टि हुन नसकेको बताएका छन् ।

‘गाउँमा गाईभैंसी गोठालो गरेर आएको मान्छे हुँ । आज शहरमा हवाईजहाजको गोठालो गर्दैछु। गाईभैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले राम्ररी थाहा पाएँ,’– उनले लेखेका छन् ।

साथै, उनले नकारात्म हल्ला गर्ने बानी छोड्न पनि सबै समक्ष आग्रह गरेका छन् । ‘जहाँसम्म जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु । कृपया मेरो सबैमा बिन्ती छ, नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं । ‘कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ’ नत्र लडिन्छ । मेरो आमाले भन्नु हुन्थ्यो,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्