Logo

स्वर्णिम र रवि निर्वाचित भएपछि मिश्रको प्रतिक्रिया–‘८ वर्षपछि देशमा ठूलो राजनीतिक भूकम्प गयो’



काठमाडौं, १२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले देशमा भौगोलिक भूकम्प गएको १२ वर्षपछि ठूलो राजनीतिक भूकम्प गएको टिप्पणी गरेका छन् । साथै, यसको पराकम्पनसमेत गइरहने उनको भनाई छ । दीगो पूननिर्माणका लागि राजनीतिले अर्को कोल्टे फेर्न आवश्यक रहेको पनि उनको दाबी छ ।

‘२०७२ सालमा आजको दिन गएको भौगोलिक भूकम्पको ८ वर्षपछि देशमा त्यति नै ठूलो राजनीतिक भूकम्प गएको छ। यसका पराकम्पनहरू जारी रहनेछन्।
दिगो पुनर्निर्माण (देशको दिर्घकालीन हित) सहज हुने छैन। दिगो पुनर्निर्माणका लागि राजनीतिले अर्को एकपटक कोल्टे फेर्नुपर्छ,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

त्यसैगरी, उनले राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित उम्मेदवार स्वर्णिम वाग्ले र रवि लामिछानेलाई ‘यो देश हाम्रै जीवनकालमा रूपान्तरण हुन सकोस्’ भनी बधाई दिएका छन् । संयोग २०७२ सालमा आजकै दिन नेपालमा ठूलो भूकम्प गएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot