Logo

गण्डकीमा सरकार गठनका लागि आह्वान



काठमाडौं, १२ वैशाख । गण्डकी प्रदेश सरकार गठबनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए । गण्डकीमा अब माओवादी र कांग्रेस मिलेर सरकार बनाउने छन् ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्