Logo

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?



काठमाडौं,१२ वैशाख । प्रतिनिधि सभाको आज(मंगलवार)को बैठकमा पनि सांसदहरुले जनताका जनजिविकासँग सरोकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको  बैठकको  शून्य समयमा बोल्दै एमाले सांसद ठाकुर गैरेले बि सं १९८३ सालमा स्थापना भएको पाल्पाको धवल पुस्तकालयको उचित संरक्षणमा सरकारको ध्यानाकर्षण गराउँदै पुस्तकालय संरक्षणको अभावले मानिसहरुमा पढ्ने बानी विस्तारै हराउँदै गएको र आवश्यक पुस्तक समेत नहुँदा पाठकहरुलाई समस्या भएकोतर्फ सरकारलाई गम्भिर बन्न आग्रह गरे उनले पुराना पुस्तकालयलाई संरक्षण हुनेगरी नियम कानुन निर्माण गर्न माग गरे ।

कांग्रेस सांसद् डिगबहादुर लिम्बुले मोरङको उर्लावारी -मधुमला हुँदै रविजाने सडक २०२८ सालमा निर्माण कार्य सुरू भएको स्मरण गराउँदै उक्त सडक आयोजना अहिले अलपत्र अवस्थामा रहेको भन्दै उनले उक्त सडकलाई राष्ट्रिय योजनामा समावेश गर्न सरकारसँग जोडदार माग गरे । त्यस्तै उनले २०४० सालमा निर्माण कार्य थालिएको मोरङ बाट बाँसवारी – डाँगी हुँदै धनकुटा जाने सडकको अवस्थासमेत उस्तै रहेको भन्दै यी दुबै आयोजनालाई राष्ट्रिय योजनामा समेट्न आग्रह गरका छन् ।

सांसद् डिल्लिराज पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाली पुगेर धनगडीस्थित कैलाली मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने घोषणा गरेको उल्लेख गर्दै विश्वविद्यालयलाई आवश्यक ऐन,कानुन तत्काल ल्याउन माग गरे ।

एमाले सांसद तारा लामा तामाङले गत वैशाख ८ गते कञ्चनपुरको बेलौरी नगरपालिका ८ का ४५ वर्षीय गंगा चन्दलाई घर नजिकैबाट बाघले आक्रमण गरी वेपत्ता बनाएको २४ घन्टासम्म पनि सरकारले खोज्न नसकेको घटनामा सरकारको आलोचना गर्दै उनले राष्ट्रिय निकुञ्ज वरिपरीको क्षेत्रमा बाघलाई ट्रयापिङ गर्ने साधनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले संसद्मा सांसदहरुले मन्त्रीसमक्ष राखेको प्रश्नको सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावली २०७९ को दफा १५ मा भएतापनि उक्त दफाको कुनै पालना नभएको भन्दै आक्रोश पोखेकी छन् ।उनले आफुले संसादको शून्य समयमा पटक पटक उठाएका प्रश्नको जवाफ नपाएको भन्दै असन्तुष्टी व्यक्त गरिन् ।

कांग्रेस सांसद दीपक गिरीले सांसदहरुले उठाएका विषयवस्तुमा सरकारका जिम्मेवार व्यक्तिहरुले जवाफ दिनुपर्ने बताए ।
राप्रपा सांसद दीपक बहादुर सिंहले प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको लिपुलेक कालापानी लगायतका भुभागको बारेमा चट्टानी अडानका साथ उक्त विषयलाई टुंगोमा पुर्याउन आग्रह गर्दै उक्त कार्यका निम्ती प्रचण्डलाई शक्ति र साहस प्रदान होस भनेर पशुपनिताथसँग कामना समेत गरेका छन् ।

सांसद दीपा शर्माले चिकित्सा शिक्षा आयोगले गत पुस २ गते लिएको एमडिएस,एमएसको प्रवेश परीक्षाको रिजल्टलाई बेवास्ता गर्दै योग्यताक्रम मिचेर नयाँ भर्ना सुरु भएको भन्दै उक्त कार्य तत्काल रोक्न माग गरेकी छन् ।

कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले गत वैशाख ९ गते दार्चुलाको ब्यास गाउँपालिका २ मा महाकाली नदिमा तुइन तर्ने क्रममा ४५ वर्षीय सिन्दरसिंह भण्डारीको नदिमा खसेर मृत्यू भएको स्मरण गराउँदै मृतकका परिवारलाई उचित क्षतिपुर्ती उपलब्ध गराउन सरकारसँग माग गर्दै तुइन विस्थापन गरि पुल निर्माण गर्न माग गरेका छन् ।

सांसद निशा डाँगीले चालु अधिवेशनको अन्त्यतिर आइपुग्दा समेत सरकार र संसद्ले गति लिन नसकेको भन्दै संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारले उदाशीनता देखाएको टिप्पणी गरिन् । उनले सदनकोपहिलो अधिवेशनमा संसदीय समिति समेत गठन नभएको भन्दै असन्तुष्टी व्यक्त गरिन् ।

कांग्रेस सांसद प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानीलाई व्यवस्थीत रुपमा वितरण गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

कांग्रेस सांसद प्रदीप पौडेलले काठमाडौं उपत्याकाको सवारी चापलाई व्यवस्थापन गर्न माग गर्दै कोटेश्वर कलंकी,कलंकी धोबिखोला सडक आयोजना समयमै सम्पन्न हुने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्