Logo

भ्रमपूर्ण खबर फैलाएको भन्दै उड्डयन प्राधिकरणले गर्यो फ्लाई दुबईका कर्मचारीलाई कारवाही



काठमाडौं, १२ वैशाख । भ्रमपूर्ण खबर फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका दुई कर्मचारीमाथि कारवाही गरेको छ।

सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको एफडीजेड ५७६ जहाजमा चरा ठोक्किएको भन्दै भ्रम फैलाएको भन्दै उड्डयन प्राधिकरणले फ्लाई दुबईका दुई कर्मचारीलाई कारवाही गरेको हो।

प्राधिकरणले फ्लाइ दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरको विमानस्थल प्रवेशमा रोक लगाई एयरपोर्ट पाससमेत निष्कृय पारेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्