Logo

कोरोना अपडेट : १ जना भेन्टिलेटरमा, ४ जना आईसीयुमा



काठमाडौं, १२ वैशाख । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण १ जना भेन्टिलेटरमा रहँदा ४ जना आईसीयुमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १५ सय ९१ जनामा कोरोना परीक्षण गर्दा १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

हाल देशभर ३ सय ९० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।



प्रतिक्रिया दिनुहोस्