Logo

संसद्मा तोसिमाको आक्रोश : मेरो प्रश्नको जवाफ सरकारले कहिले दिन्छ ?



काठमाडौं,१२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीले सरकारको कामलाई लिएर असन्तुष्टी जनाएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूले स्वास्थ्य बीमा, नख्खु–भैंसेपाटी सडक र स्वास्थ्यकर्मीको दरबन्दीका विषयमा राखेको प्रश्नको सरकारले जवाफ नै नदिएको भन्दै सरकारविरुद्ध आक्रोशित बनेकी छन् ।

उनले भनिन्  हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियममा स्पष्ट व्यवस्था छ –७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ । तर, खैं ललितपुरमा स्वास्थ्य बीमा कहिले आउँछ ? नख्खु–भैंसेपाटी सडक कहिले बनिसक्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढछ ? यी प्रश्नहरुको जवाफ आएन ।’

सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने भन्दै सांसद कार्कीले अहिलेसम्म संसदमा के–के प्रश्न उठे, ती प्रश्नहरुको अवस्था के छन् आम नागरिकले हेर्न मिल्ने गरी वेबसाइटमा राख्न माग गरेकी छन्



प्रतिक्रिया दिनुहोस्