Logo

पवित्रा थापाको दुई कृति विमोचन



काठमाडौं, १२ वैशाख । नव साहित्यकार पवित्रा थापाको कृति अभियान र जेनोलिया विमोचन भएको छ । सुख शान्ति मिडियाको कार्यालय माछापोखरीमा भएको विमोचन कार्यक्रम आज सपन्न भएको हो । थापाको कृति विमोचन साहित्यकार रसुवाली कवि , राजनीतिज्ञ पवित्रा थैव र लेखक स्वयंले गरेका हुन । पत्र साहित्यका यी दुई कृति विमोचनमा बोल्दै प्रमुख अतिथि थैवले भनिन्– ‘नारी साहित्यकारले दमितहरुको स्वर बोल्नुपर्छ । साहित्यले विचारलाई छोडनुहुन्न । आजको साहित्यले युग चेतना बोक्नुपर्छ ।’

यस्तै साहित्यकार रसुवाली कविले साहित्यले खास वर्गको चेत र विचार बोक्न सक्नुपर्ने बताए । ‘साहित्यले खास वर्गको चेत र विचार बोक्छ । त्यो अर्थमा पवित्राको लेखनले पश्चिम नेपालका ग्रामीण भेगका आमा दिदीबहिनीको पिडालाई प्रतिनिधित्व गरेको छ। यो कृति प्रगतिशील छ,’– उनले भने ।

कार्यक्रमको संचालन प्रसिद्ध आख्यानकार दामोदर ढकालले गरेका थिए । उनले पनि पवित्रालाई शुभकामना दिदै वृहत् आकारको कृति लेख्न सुल्झाएका छन् । विमोचनमा शुभकामना दिनेहरूमा अधिवक्ता किरण प्रकाश कुइँकेल , गजलकार निम्बुस रसुवाली , कलाकार नवीन घिमिरे , साहित्यकार चन्द्रमणी अधिकारी , वरिष्ठ बामपंथी नेता अम्बिका थैवलगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्