Logo

बारा–२ मा उपेन्द्रको अग्रता कायमै, कुशवाहा फराकिलो मतान्तरले पछाडि



काठमाडौं, १२ वैशाख । बारा–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । उनले पछिल्लो अपडेट अनुसार अहिलेसम्म १८ हजार ९६ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १३ हजार ८३ मत पाएका छन् ।

त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेलले पाँच हजार चार सय ५९ मत पाएका छन् । यादव कुशवाहा भन्दा पाँच हजार १३ मतले अगाडि रहेका छन् । बारामा ४१ हजार सात सय ६८ मत गणना भइसकेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot