Logo

एमाले उपाध्यक्ष पौडेलको चुनावी खर्च साढे २२ लाख



काठमाडौं,१२ वैशाख । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य बिष्णु पौडेलले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।

रुपन्देही २ बाट निर्वाचित पौडेलले निर्वाचनमा २२ लाख ४५ हजार ८ सय ७६ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

पौडेलका निर्वाचन प्रतिनिधि खुमकान्त पौडेलले बुझाएको विवरणअनुसार सवारीसाधनमा ३ लाख ३५ हजार, प्रचार प्रसार सामग्रीमा २ लाख २५ हजार, छापा एवं विद्युतीय माध्यममा ९ लाख २० हजार ८ सय ७६, ढुवानीमा ७१ हजार, गोष्ठी, अन्तरक्रिया कार्यकर्ता परिचालनमा २ लाख ७७ हजार, मनोनयन दाखिलामा २२ हजार, कार्यालय सञ्चालनमा ३ लाख ८५ हजार र विविध १० हजार खर्च भएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्