Logo

भ्रष्टाचार रोक्न समाजका सबै आयव्याय सक्रिय हुनुपर्छ : मन्त्री शर्मा



काठमाडौं, १२ बैशाख। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐनलाई बलियो बनाएर भ्रष्टाचार सदाका लागि अन्त्य गर्न सरकार दृढ रहेको बताएका छन्।

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि सांसदले राख्नुभएको जिज्ञासामा उनले देशले गरेको प्रतिबद्धता र नयाँ शासकीयस्वरुपलाई दृष्टिगत त्यसलाई सम्बोधन गर्न नयाँ विधेयक ल्याइएको स्पष्ट गरे।

मन्त्री शर्माले भने, “भ्रष्टाचार रोक्न कानुन मात्रै होइन, समाजका सबै आयव्याय सक्रिय हुनुपर्छ। कानुनका छिद्रलाई देखाएर भ्रष्टाचार गर्ने ठाउँ दिनुहुन्न। भ्रष्टाचार रोग भएकाले अन्त्य गर्न सबैले साझा प्रयास र सङ्कल्प गर्नुपर्छ।”

नीतिगत भ्रष्टाचार रोक्न कानुन बनाउँदै विशेष ध्यान पुर्याउन आवश्यक रहेको बताउँदै उनले भ्रष्टाचार मानसिक रोग भएकाले निवारणका लागि सबैको सामूहिक प्रयत्न हुनुपर्छ भजे।



प्रतिक्रिया दिनुहोस्

Screenshot