Logo

चितवन र तनहुँमा घण्टी बझ्दा बारा -२ मा रमेश खरेलको जमानत जफत



काठमाडौं,१३ वैशाख । उपनिर्वाचन भएका देशका तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा शानदार जित दर्ता गराएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बारा-२ मा भने लज्जास्पद हारसहित आफ्नो जमानत जफत गराएको छ ।

पार्टीको तर्फबाट बारा क्षेत्र नम्वर २ मा उम्मेद्वार रहेका नेपाल प्रहरीका पूर्व डीआइजी रमेश खरेलले लज्जास्पद हार व्यहोर्दै आफ्नो जमानत जफत गराएका छन् ।

बारा २ मा कुल ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ । आफ्नो जमानत जोगाउन उम्मेद्वारले ६ हजार ८ सय १९ मत प्राप्त गर्नुपर्ने हुन्छ ।

आज विहान सकिएको अन्तिम मतगणनाको परीणाम अनुसार खरेलले जम्मा २ हजार ८ सय २९ मत प्राप्त गरेका छन् । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने व्यक्तिको जमानत जफत हुने व्यवस्था रहेको छ ।

बारा -२ मा खरेलले ल्याएको उक्त मत कुल सदर मतको जम्मा ४.१४ प्रतिशत मात्रै हो ।
बारा -२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएर आफ्नो जमानत जोगाउन सफल भएका छन् ।

सत्तागठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित निर्वाचित भइसकेका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए। एमालेका पुरूषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए।



प्रतिक्रिया दिनुहोस्

Screenshot