Logo

बारा-२ मा ३१ उम्मेद्वारको जमानत जफत



काठमाडौं,१३ वैशाख । वैशाख १० मा भएको बारा -२ को उपनिर्वाचनमा दलको तर्फबाट र स्वतन्त्रगरी उम्मेद्वार बनेका ३४ जनामध्ये ३१ उम्मेद्वारले आफ्नो जमानत जफत गराएका छन् ।

बारा -२ मा कुल ६९ हजार २२ मत खसेकोमा ६८ हजार १ सय २२ मत सदर भएको थियो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ मा जमानत जफत हुने सम्बन्धी व्यवस्था रहेको छ । उक्त ऐन अनुसार कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेद्वारको जमानत जफत हुने व्यवस्था रहेको छ ।

बारा -२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव २८ हजार ४ सय १५ मत प्राप्त गरी विजयी बन्दा उपविजेता भएका जनमत पार्टीका नेता शिवचन्द्र कुशवाहाले २२ हजार ३ सय ३४ मत ल्याए भने तेस्रो भएर जमानत जोगाएका एमाले उम्मेद्वार पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका थिए ।

त्यहाँ  जसपा,एमाले र जनमत वाहेकका अन्य उम्मेद्वारले भने जमानत जोगाउन असफल भएका छन् ।

चितवन -२ र तनहुँ -१ मा घण्टीमय बनाएको रास्वपाले बारा -२ मा भने अस्तित्व रक्षा गर्न नसकी जमानतनै जफत गराएका छ । त्यहाँ उम्मेद्वार बनेका रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरेका छन् ।

बारा -२ मा जमानत जफत गराउने खरेल एक्लो व्यक्ति भने होईनन् खरेलले जस्तै ३१ उम्मेद्वारले आफ्नो जमानत जफत गराएका छन् ।

जमानत जफत गराउने अन्य उम्मेद्वारहरुमा आज जनता पार्टी (आजपा)अरुण ज्ञवालीले २७३८,राप्रपाका सोनालप्रसाद तेलीले ११९,नागरिक उन्मुक्तिका कमरुल्लाह अंसारीले १०१ मत पाउँदा अन्य उम्मेद्वारले सय मतसमेत कटाउन सकेका छैनन् ।

एक सय मत कटाउन नसक्ने अन्य उम्मेद्वारहरुमा नेपाल मजदुर किसान पार्टीका मुक्ति प्रसाद यादव ६०,स्वतन्त्र उम्मेदवारहरु मुना मंसुरी ४२,बाबुराम प्रसाद ३८,नेजारुल अंसारी २६,असर्फी राउत २५,वीरेन्द्र पण्डित २५,जैसी राउत २४,गिरजा कुमारी २३,रीता देवी २२,बिरेन्द्र प्रसाद यादव २२,धर्मविर यादव १३,धुपलाल हजरा ११,कुसेसवर साह ११,उमेशप्रसाद यादव ९,जितेन्द्र यादव ८,उमा कुशवाहा ७,सुरेन्द्र सिंह ७,सम्भु साह तेली ७ ,दिनेश यादव ६,दुर्गा कोईरी ६,सुरज साह तेली ६,प्रमोद राम चमार ५,रामबालक महरा ५,सिगारी देवी ४,छोटेलाल महतो ४,विनोद कुमार कर्ण ३,र राधिका न्यौपानेले ३ मत प्राप्त गरी आफ्नो जमानत जफत गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्