Logo

रास्वपाका खरेलले दिए उपेन्द्रलाई बधाई



काठमाडौं, १३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवलाई बधाई दिएका छन् । बारा–२ को उपनिर्वाचनमा यादव २८ हजार चार सय १५ मत प्राप्त गरेर निर्वाचित भए । उनका प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गरे । त्यसैगरी एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार दुई सय १६ मत सहित तेस्रो स्थानमा रहे ।

रास्वपाका उम्मेदवारले चितवन–२ र तनहुँ–१ मा शानदार जित हाँसिल गरिरहँदा बारा–२ मा खरेलले आफ्नो जमानतसमेत जोगाउन सकेनन् । उनले निर्वाचनमा अहोरात्र खटेर सहयोग गर्ने संन्चारकर्मी, सुरक्षाकर्मी, चुनावमा खटीने कर्मचारी र घण्टी चिन्हमा मतदान गर्ने मतदाताहरुलाईु उनले धन्यवाद दिएका छन् ।

‘बारा २ बाट विजयी हुनुभएका उपेन्द्र यादव ज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रकट गर्दछु,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

निर्वाचनको परिणाम जस्तो सुकै भएपनि इमान्दारीता पूर्वक नेपाल आमा र नेपाली दिदी बहिनी तथा दाजुभाईहरुको सेवामा लाग्ने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् । घण्टीमा मतदान गर्ने बारा–२, चितवन–२ र तनहुँ–१ का मतदाताहरुलाईसमेत उनले धन्यवाद दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot