Logo

बारा -२ मा कमल थापाका उम्मेद्वारलाई ‘जिरो भोट’



काठमाडौं,१३ वैशाख । गत वैशाख १० मा भएको बारा -२ को उपनिर्वाचनमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका उम्मेद्वारको हरिविजोग भएको छ ।

कुल ६९ हजार २२ मत खस्दा ६८ हजार १ सय २२ मत सदर हुँदा थापा नेतृत्वको राप्रपा नेपालका उम्मेद्वारले शून्य मत पाएका छन् ।

राप्रपा नेपालका उम्मेद्वार मनिफ मिया अंन्सारीले आफ्नै मतपनि नपाउँदा शून्य मत ल्याई लज्जास्पद हार खाँदै जमानत जफत गराएका हुन् ।

बारा -२ मा दलगत र स्वतन्त्र गरि कुल ३४ जनाले उम्मेद्वारी दिएकोमा उपेन्द्र यादव,शिवचन्द्र कुशवाहा र पुरुषोत्तम पौडेलले मात्र आफ्नो जमानत जोगाएका छन् ।

उपनिर्वाचनमा शून्य मत पाउने अंसारी बारा -२ का एक्ल उम्मेद्वार भने होईनन् उनीजस्नै हाम्रो नेपाली पार्टी (लौरो अभियान)बाट उम्मेद्वारी दिएका चन्द्र प्रकाश सुवेदीले समेत शून्य मत प्राप्त गर्दै जमानत जफत गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्