काठमाडौं,१३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले रूसको संघीय संसद उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणबारे जानकारी गराए ।
साथै सम्बैधानिक परिषद्सम्बधीत विधेयक पारित गरेर संसद अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको बताइएको छ ।