काठमाडौं, १३ वैशाख । राष्ट्रिय सभामा नेकपा (एमाले) का सांसदहरुले विरोध जनाएका छन् । सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गरियोस् भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रिय सभामा पेश भएसँगै उनीहरुले अर्थमन्त्रीको उपस्थिति नभएको भन्दै विरोध जनाएका हुन् ।
एमालेको विरोध पछि १४ मिनेटका लागि राष्ट्रिय सभा बैठक स्थगित भएको हो ।