Logo

खतिवडासहित तीन जिल्लाका सांसदहरुले भेटे उर्जामन्त्री, दुधकोशी हाइड्रोबारे गराए ध्यानाकार्षण



काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाको नेतृत्वमा दुधकोशी हाइड्रो पावरको बारेमा उर्जामन्त्री शक्ति बहादुर बस्नेतसँग छलफल भएको छ ।

छलफलमा सांसद खतिवडा, ओखल्ढुङ्गा,सोलुखुम्बु, र खोटाङबाट निर्वाचित सांसदहरु मन्त्रालयको सचिव, विद्युत प्राधिकरणका प्रमुख, हाइड्रो पावरका प्रमुख लगायत उपस्थित रहेका थिए । छलफलका क्रममा उर्जामन्त्री बस्नेतले उक्त आयोजना राष्ट्रकै गौरव भएकोले मन्त्रालयले विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।

उक्त आयोजना सफल बनाउन लागि तीनवटै जिल्लाका सांसदहरुले सबै किसिमका सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले उक्त आयोजनाको बारेमा सम्बधित लगानी कर्ताहरुसँग केही दिन पहिला १(२ चरण छलफल भैसकेको र छिटो भन्दा छिटो सुचारु गर्न आफुहरु तयार रहेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्