काठमाडौं, १३ वैशाख । जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका–६ स्थित जनता मा.वि.मा लागूऔषध नियन्त्रण र न्युनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छ ।
‘शान्तिपुर्ण र सुरक्षित समाजका लागि, हर प्रहर, गाँउ र नगरी टोल–टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रहरी निरीक्षक सुदीप कार्कीले लागूऔषध नियन्त्रण र न्युनिकरणका बारेमा शिक्षक,विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।