Logo

नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं,१३ वैशाख । साताको चौथो दिन आज(बुधवार)सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
नेप्से आज १३.६८ अंकले गिरावट आउँदै १८९२ बिन्दुमा झरेको छ ।

बजार घटेको दिन आज कारोबार पनि घटेको छ ।

२५ लाख ७१ हजार कित्ता सेयर आज कुल ८४ करोड ७० लाख २८ हजार बराबरमा कारोबार भएको छ ।

१७२ कम्पनिको मूल्य घटेको दिन आज ४० कम्पनिको मूल्यमा भने सुधार आउँदै उल्लेख्य मात्रामा बढेको छ ।



प्रतिक्रिया दिनुहोस्