Logo

ओली सहभागी हुने कार्यक्रममा झडप, लिङ्देन प्रहरी नियन्त्रणमा



काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रम स्थलमा झडप भएको छ । ओली झापाको भद्रपुर विमानस्थलबाट बुधबारेतर्फ जानेक्रममा पहिचानवादीहरुले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन् ।

प्रदेशको नाम कोशी राखिएको भन्दै उक्त प्रदेशमा लामो समयदेखि आन्दोलन हुँदै आएको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको थियो ।

झडपमा भरी दुई प्रहरी घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट मित्र लिङ्देनलाई नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot