Logo

ओलीमाथि आक्रमणको प्रयासप्रति गृहमन्त्री श्रेष्ठद्वारा दुःख व्यक्त



काठमाडौं, १३ वैशाख । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणका प्रयास भएको भन्दै दुःख व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कोशी प्रदेश नामाकरण विरोधीहरुले ओलीमाथि आक्रमणका प्रयास गरेको र एक जानालाई प्रहरीले नियन्त्रणमा लिएकोसमेत बताए ।

‘नेपाली राजनीतिका एकजना शीर्षस्थ नेता नेकपा (एमाले) का अध्यक्ष, संसदीय दलका नेता पूर्वप्रधानमन्त्री माननीय केपी शर्मा ओली आफ्ना केही सहयागीहरुसहित पार्टीको ग्रासरुट अभियानको शिलशिलामा झापामा जानुभएको थियो । झापाको बुधबारेमा उहाँको कार्यकर्तासँग भेटघाट गर्ने र कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रममा थियो । त्यो कार्यक्रममा जाने क्रममा उहाँलाई कोशी नामाकरणमा विरोध राख्ने समूहको तर्फबाट कालो झण्डा प्रदर्शन गर्ने र केही अभद्र व्यवहारसहित त्यो कार्यक्रम हुन नदिने प्रयास स्वरुप ढुंगामुडाको दुःखद् घटना भएको छ । त्यसप्रति नेपाल सरकारको तर्फबाट म दुःख व्यक्त गर्दै यो घटनाको निन्दा गर्न चाहन्छु,’– गृहमन्त्री श्रेष्ठले भने ।

 



प्रतिक्रिया दिनुहोस्