Logo

८२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु



काठमाडौं,१३ वैशाख । नेपालमा पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या १२ हजार २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

१ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

८२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित संख्या तीन सय ६१ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot