काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध रन जोड्न संर्घष गरिरहेको नेपालले तेस्रो विकेट पनि गुमाएको छ ।
तुलनात्मक रुपमा कमजोर मानिएको कतारविरुद्ध नेपालले ३.३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको थियो । कुशल भुर्तेत ८ बल खेल्दै २ रन बनाएर आउट हुँदा भिम सार्की १२ बलमा ६ रन बनाएर आउट भएकोमा भर्खरकै आसिफ शेखपनि आउट भएका छन् उनि १९ रन बनाउँदै आउट भएका हुन् ।
ताजा अवस्थामा नेपाल १३.४ ओभरमा तीन विकेटको क्षतिमा ५९ रन बनाएर खेलिरहेको छ ।
file photo