Logo

कतारविरुद्ध नेपालको खराब ब्याटिङ, गुमायो सातौं विकेट



काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध रन जोड्न निक्कै संर्घष गरिरहेको नेपालले सातौं विकेट गुमाएको छ ।

नेपालले सातौं विकेटका रुपमा आरिफ शेखलाई २६.२ ओभरमा गुमाएको हो । उनी ११ रन बनाउदै अमिर फारुखको बलमा क्याच आउट भएका हुन् ।

तुलनात्मक रुपमा कमजोर मानिएको कतारविरुद्ध नेपालले ३.३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको थियो । कुशल भुर्तेत ८ बल खेल्दै २ रन बनाएर आउट हुँदा भिम सार्की १२ बलमा ६ रन बनाएर आउट भए ।

ताजा अवस्थामा नेपाल २७ ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाउँदै खेलिरहेको छ ।
अहिले नेपालको क्रिजमा दीपेन्द्रसिंह ऐरी र गुल्सन झा रहेका छन् । file photo 



प्रतिक्रिया दिनुहोस्