Logo

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल भन्छन्- ‘यो गठबन्धन मुलुकका लागि दुर्भाग्य’



काठमाडौं, १४ वैशाख । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको १० दलीय सत्ता गठबन्धन मुलुकका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।आज (बिहीबार) जनकपुरधाममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पोखरेलले अहिलेको गठबन्धनले लोकतन्त्रको मूल्य मान्यता र संविधानको धज्जी उडाएको टिप्पणी गरेका हुन् ।

साथै, एमाले अहिलेको सरकार भत्काउने र निर्माण गर्नतर्फ नलाग्ने उनको भनाई छ । परिस्थिति अनुसार एमालेले कदम अगाडि बढाउने उनले बताए । ‘अहिलेको गठबन्धनले लोकतान्त्रिक मूल्यमान्यताको धज्जी उडाएको छ । संविधानको हितविपरीत काम गरिरहेको छ,’– उनले भने ।

एमालेले अहिले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र देश निर्माणका काम गरिरहेको उनको दाबी छ । त्यसको ठीक उल्टो अहिलेको सत्ता गठबन्धन दलहरुले सिद्धान्तविहीन र लोकतन्त्रको मूल्य मान्यता विहीन राजनीति गरिरहेको उनको आरोप छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot