काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको कतारले कमजोर प्रदर्शन गरेको छ ।
नेपाली खलाडिसामु निरिह देखिएको कतारले छैटौं विकेटपनि गुमाएको छ ।
कतारले १२.४ ओभरमा छैटौं विकेटको रुपमा कप्तान मुह्मद रिजलानलाई गुमाएको हो ।
४ रन बनाएर खेलिरहेका उनलाई सन्दीप लामिछानेले आउट गरेका हुन् ।
यो प्रतियोगीताबाट बाहिरिसकेको कतारलाई आजको खेल केवल प्रतिष्ठाको हुनेछ भने नेपालले यसअघि नै सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।
ताजा अवस्थामा कतारले १३ ओभरको समाप्तीमा ६ विकेट गुमाउँदै ४२ रन बनाएर खेलिरहेको छ ।