Logo

प्रचण्ड–माधवका कार्यकर्ताले आक्रमणको प्रयास गरे– ओली



काठमाडौं, १४ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्धको आक्रममा प्रचण्ड–माधवका कार्यकर्ताको संलग्नता रहेको बताएका छन् ।
एमाले इलाम जिल्ला अधिवेशनको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले आफू र प्रहरीमाथिको आक्रमणमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताहरुको घुसपेठ रहेको बताएका हुन् ।

हिजो झापाको भद्रपुर विमानस्थलबाट बुधबारे जानेक्रममा उनीमाथि पहिचानवादीहरुले आक्रमणको प्रयास गरेका थिए । प्रहरीले आक्रमणको प्रयासमा संलग्न रहेको भन्दै मित्र लिङ्देनलाई नियन्त्रणमा लिएको थियो । आक्रमणमा परी दुई प्रहरी घाईते भएका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्जसमेत गर्नु परेको थियो ।

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot