Logo

उत्कृष्ट बलिङ गर्दै नेपालले लियो कतारको सातौं विकेट



काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको कतारले कमजोर प्रदर्शन गर्दै लगातार विकेट गुमाएको छ ।

नेपाली खलाडिसामु निरिह देखिएको कतारले भर्खरै सातौं विकेटपनि गुमाएको छ ।

कतारले २०.२ ओभरमा सातौं विकेटको रुपमा अमिर फाहरुखलाई गुमाएको हो ।
१४ रन बनाएर खेलिरहेका उनलाई ललित राजवंशीले आउट गरेका हुन् ।

यो प्रतियोगीताबाट बाहिरिसकेको कतारलाई आजको खेल केवल प्रतिष्ठाको हुनेछ भने नेपालले यसअघि नै सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।

ताजा अवस्थामा कतारले २२ ओभरको समाप्तीमा ७ विकेट गुमाउँदै ७३ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot