Logo

चुनाव हारेका जीतनारायण भन्छन्, ‘जीतनारायण अब वडावडामा आउँछ’



काठमाडौं, १४ बैशाख । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा उपनिर्वाचनमा चितवन-२ बाट उम्मेद्‍वार रहेका जीतनारायण श्रेष्ठले चुनाव हार्यो अब आउँदैन होला भनेर नसोच्न आग्रह गरेका छन्।

बिहीबार कांग्रेस चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै पराजित उम्मेद्‍वार श्रेष्ठले चुनाव हार्यो अब आउँदैन होला भनेर नसोच्न आग्रह गरेका हुन्।

अफ्ठ्यारोमा भाग्ने मान्छे कायर भएको र आफू नभाग्ने बताउँदै उनले भने,‘जीतनारायण हार्‍यो अब आउँदैन होइन, हिजो जीतनारायण हार्‍यो अब धेरै पटक आउँछ। वडावडामा आउँछ।’

चितवन-२ मा श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पराजित भएका थिए।



प्रतिक्रिया दिनुहोस्