Logo

घेराबन्दीविरुद्ध निरन्तर डटेर ओलीको नेतृत्वमा यहाँसम्म आइपुगेका छौं : उपाध्यक्ष नेम्वाङ



काठमाडौं, १४ बैशाख । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले घेराबन्दीविरुद्ध निरन्तर डटेर अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यहाँसम्म आइपुगेका प्रतिक्रिया दिएका छन्।

इलाम जिल्ला प्रतिनिधि परिषद् प्रथम बैठक उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले घेराबन्दीविरुद्ध निरन्तर डटेर अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यहाँसम्म आइपुगेका प्रतिक्रिया दिएका हुन्।

उनले भने, ‘हामीमाथिको घेराबन्दी आक्रमणलाई पराजित गर्दै उठ्नुपर्छ। हामीविरुद्धको घेराबन्दी निरन्तर जारी छ। हामी त्यो घेराबन्दीविरुद्ध निरन्तर डटेर केपी ओलीको नेतृत्वमा यहाँसम्म आइपुगेका छौं। हामी प्रष्ट छौं यो घेराबन्दीलाई तोड्नेछौं।’



प्रतिक्रिया दिनुहोस्