Logo

सार्वजनिक विदामा पनि प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवा दिने



काठमाडौं, १४ बैशाख । सार्वजनिक विदाको दिनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवाग्राहीका लागि नियमित सेवा दिने भएको छ।

सेवाग्राहीको हितलाई ध्यानमा राखी प्रशासनले विभिन्न चाँडपर्व र दिवसमा दिँदै आएको विदामापनि सेवा प्रवाह गर्ने जनाएको छ।

नेपाल सरकारले २०८० बैशाखदेखि चैत्र मसान्तसम्म विदाको दिनमापनि सार्वजनिक सेवा नियमितिरुपमा प्रवाह गर्ने व्यवस्था गरे अनुरुप सार्वजनिक विदाको दिनमा पनि सेवाग्राहीका लागि प्रशासन कार्यालय खुल्ला रहने सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिए।

सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार २०८० सालभित्र पर्ने उभौली, चण्डि पूर्णिमा, बुद्ध जयन्ती, रक्षाबन्धन, कृष्णाष्टमी, घटस्थापना, क्रिसमस डे, उद्यौली, धान्यपूर्णिमा, योमरी पुन्ही,तमु ल्होसार, पृथ्वी जयन्ती, माघी, सोनाम ल्होसार, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस, महाशिवरात्री, अन्तर्राष्ट्रिय महिला दिवस, ग्याल्बो ल्होसार, इद उल फित्र र इद उल अजहा लगायतका चाडपर्व र दिवसहरुमा पनि प्रशासन कार्यालय खुला रहने छ।

सो सार्वजनिक विदाको दिनमा पनि नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्र वितरण तथा पञ्जिकरण सम्वन्धि सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्