Logo

गण्डकीको नयाँ मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त



काठमाडौं,१४ वैशाख । गण्डकी प्रदेशको चौंथो मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गरेका हुन् ।

यसअघि मुख्यमन्त्री रहेका एमाले नेता खगराज अधिकारीले वैशाख ९ गते प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछी उनि पदमुक्त भएका थिए ।

नेता पाण्डेलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र  एकीकृत समाजवादीका ३५ सांसदको समर्थन छ ।



प्रतिक्रिया दिनुहोस्