Logo

अयोग्य लडाकुलाई रकम बाँड्ने सरकारको निर्णयप्रति गगन भन्छन् : ‘गलत छ’



काठमाडौं, १४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अयोग्य लडाकुलाई रकम बाँड्ने सरकारको निर्णय गलत रहेको प्रतिक्रिया दिएका छन्।

बिहीबार समाजिक सञ्जालमा आफ्नो धारणा राख्दै महामन्त्री थापाले अयोग्य लडाकुलाई रकम बाँड्ने सरकारको निर्णय गलत रहेको प्रतिक्रिया दिएका हुन्।

उनले लेखेका छन्, ‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधिन रहेकोले सरकार रकम बाँड्न होइन पीडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित होस्।’



प्रतिक्रिया दिनुहोस्