Logo

भारतमा कोरोनाका बिरामीको सङ्ख्यामा झिनो गिरावट



एजेन्सी । अघिल्ला दुई दिनको तुलनामा आज भारतमा कोरोनाका बिरामी घटेका छन्। बुधबारको तुलनामा आज कोभिडका बिरामी घटेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको थियोभने आज नौ हजार तीन सय ५५ जना सङ्क्रमणको शिकार भएका प्रयोगशाला परीक्षणबाट प्रमाणित भएको छ।

यो सङ्क्रामक रोगबाट आज २६ जनाले ज्यान गुमाएका छन्। मङ्गलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिएभने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए।

हाल भारतमा ५७ हजार चार सय १० जना सक्रिय सङ्क्रमित छन्भने चार करोड ४३ लाख ३५ हजार नौ सय ७७ जनाले कोभिड–१९बाट पूर्ण स्वास्थ्यलाभ गरेका उक्त मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot