Logo

मेयर बालेनको विरोध गर्दै काठमाडौं महानगरको शिक्षा विभागमा ताला



काठमाडौं, १४ बैशाख । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा तालाबन्दी गरेको छ।

मेयर बालेन शाहले विद्यालयहरूमा राजनीति गरे कारबाही गर्ने निर्देशन दिएपछि तालाबन्दी गरिएको हो।

मेयर बालेनले विद्यार्थीहरूको हकहितका विषयमा कुरा उठाउँदा अंकुश लगाउने काम गरेको र सो निर्णय फिर्ता लिनुपर्ने माग राख्दै शिक्षा विभागमा तालाबन्दी गरिएको अनेरास्ववियुले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्