Logo

एमालेले गर्‍यो ‘फरार सांसद’ कोइरीलाई उद्योग समितिमा सिफारिस



काठमाडौं, १५ वैशाख । नेकपा एमालेबाट निर्वाचित संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका ‘फरार सांसद’ लक्ष्मी महत्तो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन । सो सिफारिस अनुसार प्रतिनिधिसभा बैठकले अब उनको नाम अनुमोदन गर्नेछ ।

मधेस आन्दोलन-२ को क्रममा महोत्तरीमा कार्यरत असई थमन बिकको हत्यामा संलग्न भएको भन्दै उनलाइ सजायँ सुनाए पछि कोइरी ‘फरार’ रहेका छन् । तर, उनले संसद सचिवालयमा पत्र लेखेर स्वास्थ्यका कारण देखाउँदै बैठकमा उपस्थित हुन नसकेको जनाउँदै आएका छन् ।

बिना सुचना १० पटकसम्म लगातार बैठकमा अनुपस्थित भएमा स्वतः सांसद पद खारेज हुने भए पछि कोइरीले पत्र लेखेर उपस्थित हुन नसकेको जनाएका हुन् ।

उनि गएको मंसिर ४ को निर्वाचनमा एमालेबाट महोत्तरी-१ बाट नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई हराउँदै निर्वाचित भएका थिए ।

महतोले २३ हजार ४०२ मत ल्याउँदा पराजित पोखरेलले २२ हजार तीन सय ७२ मत पाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot