Logo

केपी ओलीमाथि भएको आक्रमणको लुम्बिनी र रुपन्देही जिल्ला कमिटीको भत्र्सना



काठमाडौं,१५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गत बुधवार झापामा भएको आक्रमणको प्रयास प्रति एमाले लुम्बिनी प्रदेश कमिटी र जिल्ला कमिटी रुपन्देहीले निन्दा एवं भत्र्सना गरेका छन् ।

एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल र जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीद्वारा शुक्रबार जारी विज्ञप्तीमा ‘कोशी प्रदेश’को नामाकरण संविधान र कानुनबमोजिम प्रक्रियागत ढंगले टुंगो लागिसकेको विषयमा सत्तारुढ दलकै नेता कार्यकर्तालाई उचालेर यस प्रकारका कुकर्म गर्नु आपत्तिजनक र खेदजनक भएको उल्लेख गरिएको छ ।

गैरजिम्मेवार अभिब्यक्तिमार्फत् सामाजिक सद्भाव र एकतालाई कमजोर बनाउने र साम्प्रदायिक विद्वेष फैलाउने प्रधानमन्त्रीलाई सार्वजनिक रुपमा माफी माग्न,अपराधिकरणतर्फ उन्मुख ब्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गरी कानुनी शासनको प्रत्याभूति गराउन एमालेका दुवै कमिटीले माग गरेका छन् ।

एमाले अध्यक्ष ओली सहभागी कार्यक्रममा पहिचानवादीहरुले कालोझण्डा देखाउने तथा नाराबाजी गर्ने प्रयास गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्