काठमाडौं,१५ वैशाख । काठमाडौं महानगरपालिकाको शिक्षा शाखामा नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले बुधबार दिउँसो लगाएको तला महानगरले फोडेको छ ।
हिजो राति नै महानगरको नगरप्रहरीले ताला फोडेको हो । महानगरपालिकाले बुधबार महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको थियो ।
‘विद्यालयमा राजनीतिक कार्यक्रम नगर्नु’ भन्ने निर्देशनको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं महानगरको शिक्षा विभागमा बिहीबार दिउँसो तालाबन्दी गरेको थियो ।