Logo

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ



काठमाडौं,१५ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

चौधरी हिजो लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनलाई नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जसपा,लोसपा,नागरिक उन्मुक्ति लगायत दलको समर्थन रहेको छ ।

यसअघी मुख्यमन्त्री रहेको नेकपा एमालेका नेता लिला गिरीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि चौधरी नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस्