Logo

समर्थन फिर्ता लिने रास्वपाको संकेत, स्वर्णिम भन्छन्, ‘असक्षम सरकारलाई बोकिराख्न हुँदैन’



काठमाडौं, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले अहिलेको गठबन्धन सरकारलाई असक्षम सरकारको संज्ञा दिएका छन् ।
आज (शुक्रबार) पद तथा गोपनीयताको शपथपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेको असक्षम सरकारलाई बोकिराख्नुको कुनै औचित्य नभएकोसमेत टिप्पणी गरेका छन् । दुनियाँका कुनै पनि लोकतन्त्र भएको देशमा असक्षम सरकारलाई बोक्ने परम्परा नरहेको उनको टिप्पणी छ ।

‘असक्षम सरकारलाई बोकिराख्नु पर्दैन भन्ने कुरा मैले नेपालमामात्रै होइन, दुनियाँका कुनैपनि लोकतन्त्रमा त्यो अभ्यास रहिआएको छ,’– उनले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्