Logo

एमालेले आज पत्रकार सम्मेलन गर्ने



काठमाडौं,१५ वैशाख । नेकपा (एमाले)ले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ ।

देशको शान्ति सुरक्षा र समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना हुने भएको हो ।
एमालेको प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार पत्रकार सम्मेलन दिउँसो ४ बजे हुनेछ ।

“उपरोक्त सम्बन्धमा देशको शान्ति सुरक्षा लगायत समसामयिक विषयमा पार्टीका धारणा सार्वजनिक गर्न आज आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरिएकाले उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बुधबार झापाको बुधबारेको कार्यक्रममा पुगेका एमाले अध्यक्ष केपीशर्मा ओलीमाथि ढुंगामुढाको प्रयास भएको थियो । उक्त घटनाका दोषीमाथि कारबाही एमालेले माग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot