Logo

प्रतिनिधि सभामा एमाले सांसदहरुको अवरोध



काठमाडौं, १५ वैशाख । प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरुले अवरोध गरेका छन् । बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएका हुन् । एमाले सांसदको विरोधपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्नका लागि समय प्रदान गरेका थिए ।

प्रतिनिधि सभालाई सम्बोधन गर्दै गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको र प्रहरीहरु घाइते भएकोमा संसद्मा ध्यानाकार्षण गराए । साथै, उक्त घटनामा संलग्न व्यक्तिहरुलाई कारबाहीको माग गर्दै उक्त घटनाको भत्र्सनासमेत गरे ।

देशमा आर्थिक संकट आइरहेको अवस्थामा र कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्थामा माओवादी अयोग्य लडाकुलाई पैसा बाँड्न लागेको भन्दै उनले आपत्ति जनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot